प्रहरी प्रभाग बलम्वुले लागुऔषध २ केजी ५०ग्राम पोल्यान सहित दुई पक्राउ

  • 360
    Shares

काठमाण्डौं ÷२६ चैत
महानगरीय प्रहरी प्रभाग बलम्वुले चरेश जस्तो देखिने पोल्यान नामक लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रमुख प्रहरी निरिक्षक शंकर खड्काको नेतृत्वको टोलीले काठमाण्डौंको चन्द्रागिरी नगरपालिका वडा नं। दहचोक १ शृजनाचोक स्थित सार्वजनिक सडक खण्डमा चेकजाँच गर्ने क्रममा नागढुङ्गा देखि कलंकी तर्फ आउदै गरेको बा ३४ प ११०२ नं। को कालो १५० सि। सि। को मोटरर्साकलमा सवार दुई जनालाई दुई किलो चरेश जस्तै देखिने पोल्यान नामक लागु औषध सहित दुई जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं ५ बस्ने वर्ष २१ को दिपक स्याङतान र सोही घर भई बस्ने वर्ष २२ को लाल कुमार बंजनले बोकेको कालो झोलाभित्र हरियो पोलिथिनलाई सेतो टेपले बाँधिएको अवस्थामा २ डल्ला पारि राखेको २ केजि ५०ग्राम चरेश जस्तो देखिने पोल्यान नामक लागु औषध सहित पक्राउ गरिएको वताए ।

प्रहरीले पक्राउ गरिएका स्याङतान र बंजनलाई थप अनुसन्धान पश्चात म्याद थप गरि लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्धा चलाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७५, २६ चैत्र मंगलवार १९:१७