कलङ्की अण्डरपासमा ‘हिट एन्ड रन’ केस : टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु

  • 24
    Shares

काठमाडौँ । कलङ्की अण्डरपास सडकमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

विपरीत दिशा वाट अाएकाे टिपरले किच्दा दुई जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

मृत्यु हुने दुवैजना बल्खुस्थित बयोधा वर्कसपमा काम गर्दै आएका थिए ।

बुधबार राती १२ः४६बजे स्वयम्भू वाट बल्खुबाट जाँदै गरेको टिपरले कलङ्कीबाट सितापाइलातर्फ जाँदै गरेको प्रदेश २, ०३–००४ प ५५० नम्बरको निलो पल्सर मोटरसाइकललाई ठक्कर दिएको हाे ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीका प्रहरी निरीक्षक पुरूषाेतम काकीले रौतहटको कटहरिया घर भएका टिपरको ठक्करबाट मोटरसाइकल चालक १९ वर्षीय राकेश कुमार चौधरी र पछाडी सवार २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको बताए । प्रहरी निरीक्षक कार्कीका अनुसार दुर्घटनालगत्तै टिपरसहित चालक फरार भएकाे र नम्बर खुल्न नसकेको टिपर र चालक दुवैको खोजीकार्य भइरहेको जानकारी दिए ।

अत्याधिक स्पिडमा रहेको टिपरले मोटरसाइकललाई ठक्कर दिएको र तेल ट्याङ्कीकाे घर्षणवाट अागाेलागि समेत भएकाे हुदा शव र माेटरसाईकल जलेकाे अवस्थामा फेला परेकाे छ ।

कलङ्की आसपास क्षेत्रको सीसीटिभी क्यामेरा पनि रहेकाे छ ।

मृतकहरुको शव त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रकाशित : २०७६, २३ माघ बिहीबार १२:१२