ढकालको घरमा बम विस्फोट गराउने भट्ट पक्राउ

काठमाडौ । काठमाण्डाैकाे ढुंगेधारास्थित नर्सरी चोकमा रहेको शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने एकजना पक्राउ परेका छन्  ।

महानगरीय अपराध महाशाखाको टोलीले गोरखाका कपिल भट्टलाई पक्राउ गरेको हो ।

भट्ट प्रतिबन्धित विप्लव समूहका गन्डकी प्रदेश ब्यूरो इन्चार्ज हुन् । घटनामा थप सम्लग्न व्यक्तिहरुको खोजी कार्य भैरहेको महाशाखा स्रोतले जनाएको छ ।
ढकाल बालुवाटार जग्गा प्रकरणमा समेतमुछिएका व्यक्ति हुन्  । ढकालको घरमा माघ १ गते बम बिस्फोट भएको थियो । सोही दिन बालुवाटारमा पनि बम भेटिएको थियोे ।
प्रकाशित : २०७६, २६ माघ आईतवार २२:२६