मन्त्रिपरिषद बैठक सकियाे आईजीपीमा रसाकस्सी

२७ माघ, काठमाडौं । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठक बिना निस्कर्ष टुगिएकाे छ ।

बैठकले निस्कर्ष विहिन भएपछि नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न सकेन ।

बर्तमान आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् ।

स्रोतका अनुसार अर्को मन्त्रिपरिषद बैठकमा मात्रै आईजीपीमा कसलाई नियुक्त गर्ने टुंगो लाग्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामवहादुर थापा विच गाेप्य बैठक बसिरहेकाे स्राेतले बतायाे ।

खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । यो टोलीले पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ ।

यदि प्रहरीकाे आईजीपी नटुङ्गे एआईजी डाक्टर आशा सिंहले कार्यकारी सम्मालने चर्चा चलेकाे छ ।

प्रकाशित : २०७६, २७ माघ सोमबार १६:०६