काठमाडौ प्रहरीलाई क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेडको सहयोग

  • 488
    Shares

काठमाडौ २८ माघ महानगरी प्रहरी परिसर काठमाडौंलाई नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेडले कार्यलयलाई आवश्यक पर्ने फनिर्चर हस्तान्तरण गरेकाे छ ।

एक बिशेष कार्यक्रमका विच काठमाडौं प्रहरी प्रमुख उत्तम राज सुवेदीलाई बैंकका कार्यकारी अधिकृत ( सिईओ) रमेश राज अर्यालले काठमाडौं प्रहरी कार्यलयलाई आवश्यक सामाग्री हस्तान्तरण गरेका हुन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायव उपरीक्षक हाेविन्द्र बाेगटीले एनसीसी बैंक बागवजारले करिव ७ लाख बराबरको कार्यालयलाई आवश्यक फनिर्चर उपलब्ध गराएकाे बताए । प्रवक्ता बाेगटीले भने,” बैंकले सामुदायी प्रहरी साझेदारी अन्तर्गत मुद्दा शाखालाई स्तरउन्तीका लागि आवश्यक फनिचर उपलब्ध गराएकाे हाे ।” साे अनुरूप बैंकले १५ थान धराज १५ थान कम्युटर टेवल ९ थान फाईलिङ र्‍याग, ३०थान कुर्सी प्रदान गरिएको छ ।

कार्यक्रममा बाेल्दै काठमाडौ प्रहरी परिसरका प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक उत्तम राज सुवेदीले समुदाय प्रहरी साझेदारी अन्तर्गत बैंक तथा बितिय संस्थाहरू सग सहकार्य गर्न काठमाडौं प्रहरी परिसर तयार रहेकाे र फर्निचर सहयाेग गरेकाेमा बैंकलाई धन्यवाद दिए ।

एनसीसी बैंकका कार्यकारी अधिकृत (सिईओ)रमेश राज अर्याल ले काठमाडौं प्रहरी परिसरलाई फर्निचर सहयाेग गर्न पाएकाेमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड लाई सम्मान पत्रवाट सम्मानित गरिएकाे छ ।

प्रकाशित : २०७६, २८ माघ मंगलवार १८:०९