प्रेस युनियन काठमाडौंको नेतृत्वमा दुलाल ,उपाध्यक्षमा न्यूज अभियानकर्मी भण्डारी

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । काठमाडौं शाखाको नयाँ नेतृत्वमा जगन्नाथ दुलाल चयन भएकाछन् ।

अध्यक्षका लागि जगन्नाथ दुलाल र महेश्वर गौतम बिच चुनावी भिडन्तमा भएको हो ।

यसैगरी उपाध्यक्ष (खुल्ला)मा अच्युत रेग्मी, उपाध्यक्ष (समावेशी)मा न्युज अभियान डट कमकर्मी टुकामाया भण्डारी, सचिवमा अक्कल बहादुर कुँवर, सह सचिवमा सञ्चिता खनाल, कोषाध्यक्षमा अर्जुन खनाल सदस्यहरुमा मनोज भण्डारी, निर्मल धिताल, रोशन सापकोटा, नवराज भट्ट, प्रविण श्रेष्ठ, घनश्याम श्रेष्ठ, लोकेन्द्र भट्ट, राधा ढुंगाना निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : २०७६, २८ माघ मंगलवार २३:१२