गृह सचिव न्यौपानेले लगाइदिए आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न

२९ माघ, काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीलाई गृह सचिव न्यौपानेले दर्ज्यानी चिह्न लगाई दिएका छन् ।

गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित औपचारिक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान लगाई दिएका हुन् ।

सर्वेन्द्र खनाल नेपाल प्रहरीको सेवाबाट अवकाश भएपछि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।

ज्ञवालीले आजै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका छन् । ज्ञवाली पदभार समाल्नु अघि सलामी समेत दिईएकाे हाे ।

प्रहरीका उच्च अधिकृतहरूलाई प्रहरी महानिरीक्षक ज्ञवालीवाट ब्रिफिङ गर्ने कार्यक्रम समेत रहेकाे छ ।

प्रकाशित : २०७६, २९ माघ बुधबार १२:५१