कालीमाटी प्रहरी बृत्तकाे मेस राजधानीकै उत्कृष्ट

काठमाण्डौ, २७ माघ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको बिशेष पहलमा यही माघ ०२ गतेदेखि उपत्यकामा संचालित प्रहरी संयुक्त मेश सुधार अभियान अन्तर्गत आज एक कार्यक्रमका बिच महानगरीय प्रहरी वृत्त कालिमाटीमा प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको शुभारम्भ भएको छ ।

मेशको शुभाराम्भ प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल र बरिष्ठ पत्रकार तथा अन्नपुर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरि बहादुर थापाले संयुक्त रूपमा गर्नु भएको हो ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले भन्नुभयो सरकारले लिएको सम्वृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुर्तिको प्रमुख तत्व सुशासन र सुरक्षा हुन् । राज्यको सुशासन एवं सुरक्षाको पहिलो प्रतिबिम्ब नेपाल प्रहरी हो र नेपाल प्रहरीलाई उक्त अवस्थामा टिकाई राख्न संगठनका सदस्य जवानर हवल्दारको महत्वपूर्ण भूमिका रहन्छ ।

मानव अधिकारका साथै मौलिक हक प्रयोगमा समानता र राज्यले पनि राशन वितरणमा भेदभाव नगरेको अवस्थामा संगठनको मेरुदण्डको रुपमा ठुलो संख्यामा रहेका जवानर हवल्दार र नीति निर्माणको तहमा रहेका प्रहरी अधिकृतहरुको विचको मनोवैज्ञानिक दूरीअन्त्य गर्न पदीय जिम्मेवारी बाहेकको भाईचार विकास एवं अपनत्व भाव सृजना गर्न र सामुहिक ऐक्यबद्धताको भाव सृजना गर्नमा यस अभियानले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

उक्त अवसरमा प्रहरी संयुक्त मेशको निर्माणरसुधार गर्ने अभियानमा जारी भएका निर्देशनलाई अक्षरस पालना एवं कार्यान्वयन गरी संयुक्त मेश निर्माण सम्पन्र गरी संचालन गर्न सफल महानगरीय प्रहरी वृत्त कालिमाटीका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक रुगम बहादुर कुँवर सहित ६ जना जुनियर प्रहरी अधिकृत र प्रहरी हवल्दाररजवानलाई प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले पुरस्कृत समेत गर्नु भयो ।

यस अघि प्रहरी कर्मचारीहरूको लागि सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरी ३ तहको मेश संचालन हुदै आएको थियो । यसरी संचालनमा आएको मेश प्रणालीबाट तल्लो दर्जाको मेशमा अपेक्षित सुधार हुन नसकेको तथा यसबाट प्रहरी जवान-हवल्दारहरुको मनोबलमा नकारात्मक असर परेको तथ्यलाई आत्मसात गरी सम्पूर्ण मातहत कार्यालयहरुमा अधिकृत जवानहरुको साझा तथा स्तरीय मेश निर्माणरसुधार अभियान शुभारम्भ गरिएको बताउदै मातहत कार्यालयहरुले यस अभियान सफल बनाउन देखाउनु भएको तदारुकता र बिकसित सकारात्मक सोच प्रशंसनीय रहेको समेत बताउनु भयो ।

चौविसै घण्टा डिउटीमा खटिने कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराएमात्र त्यस कर्मचारीबाट प्रदान हुने सेवा प्रवाह अझबढी स्तरिय र प्रभावकारी हुने भन्ने मनोभावनालाई आत्मसात गरी उपत्यकामा रहेका प्रहरी कार्यालयहरुको मेस सुधार अभियानमा दत्तचित्त भई लाग्नु भएका महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल र उहाँको टिमले गरेको सुधार प्रत्यक्ष देख्न पाएकोमा आफू अत्यन्तै हर्षित भएको कार्यक्रमका बिशेष अतिथि अन्नपूर्ण पोष्टका प्रधान सम्पादक हरि बहादुर थापाले बताउनु भयो ।

उक्त अवसरमा बिशेष अतिथिले यस पुण्य कार्यको थालनी एवं सफल कार्यान्वयनको लागि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई शुभकामना समेत दिनु भयो । कार्यक्रममा एसएसपी श्याम ज्ञवाली,किरण बज्रचार्य,उत्तम सुबेदी,सहकुल थापा,भिम ढकाल टेकप्रसाद राई लगायत उपत्यकाका प्रहरी वृतपतीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सन्चालन एसपी रेवती ढकालले गर्नुभएको थियो ।

प्रकाशित : २०७६, २९ माघ बुधबार २३:२१