फरक फरक स्थानवाट लागुऔषध ,जुवातास आर्थिक प्रलोभनमा पार्न खोज्ने प्रहरी नियन्त्रणमा

काठमाण्डौ, २७ चैत
महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । काठमाण्डौ चन्द्रागिरी नगरपालिका १५ तिनथाना स्थित ढुंगेअड्डामा शंका लागि चेकजाँच गर्ने क्रममा खाजा घरबाट लागुऔषध नाईट्राभेट २७ फाईलमा (४२० पिस) सहित दुई जनालाई पक्राउ गरेको छ ।
सर्लाही बरथहवा नगरपालिका १ घर भई काठमाण्डौ कोटेश्वर बस्ने वर्ष १९ को सन्दिप गिरी र काठमाण्डौ महानगरपालिका १६ बालाजु हाईट बस्ने वर्ष १८ को अर्पन राईलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले वताए । । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको थानकोट प्रहरीले जनाएको छ ।
त्यस्तै महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका ९ स्थित प्रकाश पाख्रिनले संचालन गरेको पपुलर्सबार एण्ड सेकुवा कर्नरमा जुवा तास खेलिरहेको अबस्थामा १ बुक तास र नगद १ लाख २० हजार ६ सय ४० रूपैयाँ सहित ६ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानी पोखरीले जनाएको छ
त्यस्तै महानगरीय प्रहरी कार्यालय रानी पोखरीका अनुसार काठमाण्डौ महानगरपालिका(१२ त्रिपुरेश्वर सडक खण्डमा महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथलीबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने रत्नपार्क(थानकोट चल्ने बा. २ ख ६१८६ नम्बरको गाडी चालक धादिङ माधव बेशी(२ घर भई काठमाण्डौ सतुङगल बस्ने बर्ष ३३ को एक बहादुर तामाङलाई पक्राउ गरेको छ । सवारी साधनलाई चेकजाँच गर्दा कागजपत्र नभएकाले प्रहरीले कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न तामाङले नगद १ सय दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । नगद सहित निजलाई नियन्त्रणमा लिई थप थप अनुसन्धान भईरहेको छ ।