आज फागुन ९ गते दहचाेककाे इन्द्रदहमा भेटुला : प्रधानमन्त्री ओली

  • 66
    Shares

प्रत्येक वर्षको फागुन ९ गते म रहुनजेल दहचाेककाे इन्द्रदहमा फेरि भेटुला याे भनाई प्रधान केपी शर्मा ओलीले दहचाेक भ्रमणको क्रममा सम्वाेधन गरेका थिए ।

आज फागुन ९ गते उनकै भनाईलाई उद्धृत गर्दै दहचाेक एउटा स्वर्गकाे बास्विक टुक्रा र नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहाले विशेष सामरिक आधार क्षेत्र र कालुपाण्डेकाे समाधी रहेकाे भएर उनलेे बर्षकाे एक चाेटी फागुन ९ गते आफु स्वयम् आउने बताएका थिए ।

साेहि ईच्छा चहाना बमाेजिम आज १:३० वजे प्रधानमन्त्री केपी शर्मा ओली चौथो ईन्द्रदह पर्यटन उत्सवकाे उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे याे भ्रमण ले आन्तरिक पर्यटनमा टेवा पुर्याउने र भ्रमण बर्ष २०२० लाई समेत याे भ्रमणले याेग्दान पुग्ने चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसी बताउछन् ।

१ :३० वजे देखि उद्घाटन हुने कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ,बागमती प्रदेशका मुख्य मन्त्री डाेरमणी पाैडेल समेत सहभागी हुने छन् ।

पत्नी राधिका शाक्य सहित दहचाेक आउन लागेका प्रधानमन्त्रीले २०७२ सालमा गएकाे भुकम्पले क्षेति पुर्‍याएकाे दुई वटा सतल समेत उद्घाटन गर्ने कार्यक्रम तय भएकाे हाे ।

प्रधानमन्त्री ओलीले वीर सहिद काजी कालुपाण्डे समाधी स्थलमा माल्यार्पन,झण्डाताेलन र निर्माणाधीन पाँच तले भ्युटावरकाे निरिक्षण अवलाेकन गर्ने कार्यक्रम तय भएकाे ईन्द्र दह एकीकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले बताए ।

प्रकाशित : २०७६, ९ फाल्गुन शुक्रबार ०८:४७