प्रधानमन्त्री ओली गरे चाैथाे ईन्द्रदह पर्यटन उत्सवकाे उद्घाटन (फाेटाे फिचर )

काठमाडाैँ, ९ फागुन । चाैथाे ईन्द्रदह पर्यटन उत्सवकाे प्रधानमन्त्री केपी शर्मा  ओलीले उद्घाटन गरेका छन् ।

‘प्रत्येक वर्षको फागुन ९ गते म रहुन्जेल दहचोकको इन्द्रदहमा फेरि भेटुँला’ यो भनाइलाई सार्थक पार्दै प्रतिकुल माैसमका वावजुत पनि दहचाेक स्थित काजी कालुपाण्डेकाे समाधी स्थलमा माल्यार्पण गरेका हुन ।

‘प्रत्येक वर्षको फागुन ९ गते म रहुन्जेल दहचोकको इन्द्रदहमा फेरि भेटुँला’ यो भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीकाे हाे । गत वर्ष उहाँले दहचोक भ्रमणकै क्रममा सम्बाेधन गर्नुभएकाे थियाे ।

आज फागुन ९ गते, नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले विशेष सामरिक आधार क्षेत्र बनाएकाे तथा कालु पाण्डेको समाधि स्थल रहेको यस स्थलमा उहाँले चाैथाेपटक भ्रमण गर्न पत्नी राधिका सहित आएका छन्।

ऐतिहासिक महत्व बाेकेकाे क्षेत्र भएर पनि प्रधानमन्त्री ओलीले वर्षको एक चोटि फागुन ९ गते आफू स्वयम् यहाँ आउने बताउनुभएकाे थियाे । सोही इच्छा चाहनाबमोजिम २:३० बजे प्रधानमन्त्री ओली चौथो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्नका लागि यहाँ आएका हुन ।

उहाँको यो भ्रमणले आन्तरिक पर्यटनमा टेवा पुर्याउने र भ्रमण वर्ष २०२० लाई समेत यो योगदान पुग्ने चन्द्रागिरि नगरपालिका- नगरप्रमुख घनश्याम गिरीले बताए ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत विशिष्ट व्यक्ति सहभागी रहेकाे छ ।

प्रधानमन्त्रीले ०७२ काे भूकम्पमा क्षतिग्रस्त भएर पुनर्निर्माण भएका दुई वटा सतलकाे समेत उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले निर्माणाधीन पाँचतले भ्युटावरको निरीक्षण अवलोकन समेत गरेका छन् ।

प्रकाशित : २०७६, ९ फाल्गुन शुक्रबार १५:१५