नयाँ पुस्ताले इतिहासको अध्ययन गर्नुपर्छ : प्रधानमन्त्री ओली

  • 2
    Shares

काठमाडौँ, ९ फागुन /  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताएका छन् ।

इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज यहाँ आयोजित ‘चौँथो इन्द्रदह पर्यटन महोत्सव’को उद्घाटन गर्दै उहाँले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताएका हुन् ।
“इतिहासको कदर र वीरताको योगदानको कदर गर्नुपर्छ,”–उनले भने । पहिलोपटक ४ वर्षअघि त्यहाँ पुगेको स्मरण गर्दै ओलीले आफुले पहिलोपटक आउँदा पाँडेको पूर्ण कदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरुको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पुरा हुँदै गएको बताए ।

विभिन्न जिल्लामा रहेका गढीहरुको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने समेत उनले बताए ।आफु पहिलोपटक आउँदा सडक पुरै धुलो र डरलाग्दो रहेको उल्लेख गर्दै ओलीले चाँडै उक्त सडक कालोपत्रे हुने बताए । हिँउदमा चिसोले काम हुन नसकेकाले केही ढिला भएको उल्लेख गर्दै ओलीले अर्को वर्षको महोत्वसमा आउँदा पिच बाटोमा सरर आउने बताए । ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर पूननिर्माण भएका दुइवटा सतलको समेत उद्घाटन गरेका छन् ।

सार्वजनिक कार्यक्रमहरुमा सधै सञ्चारमाध्यमको आलोचना गर्ने प्रधानमन्त्री ओलीले शुक्रबार दहचोकमा भने त्यो विषयमा बोलेनन् । त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो भाषणका क्रममा भ्रष्टाचार र सुशासनका विषयमा अधिकांश समय खर्चने गर्नुभएकोमा शुक्रबार भने त्यो विषयमा पनि बोलेनन् । प्रधानमन्त्री ओली कार्यक्रममा झण्डै १५ मिनेट बोलेका थिए । अधिकांश समय उनले कालु पाँडेको प्रशंंसा गरेका थिए । भूकम्पपछिको पूनर्निमाणका विषयमा बोलेका थिए ।

प्रधानमन्त्री ओलीले काजी कालू पाँडेले आफ्नो गर्दन दिएर देशलाई एकीकरणको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । साहसी, दुरदर्शी र प्रेरणा दिन सक्ने व्यक्ति कालू पाडेँ भएको उनको भनाई थियो । ओलीले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको इन्द्रदहको विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए ।

महोत्सवसँगै दहचोकको स्वरुप फेरिन थालेको उहाँको भनाई थियो ।प्रधान मन्त्री ओलीले चार वर्ष पहिले आउँदा र अहिले आउँदा निकै परिर्वतन भएको उल्लेख गर्दे अव हेर्नुहोस अर्को साल यो सवै वाटोहरु कालो पत्रे हुनेछन हामी सरसर आउने वातावरण तयार गर्नेछौ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दहचोक महोत्सवको निरन्तरताका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले बागमती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि विशेष योजना अगाडि सारेको उल्लेख गर्नुभयो । उनले भने, ‘‘प्रदेश सरकारलाई खोज्न तपाईहरु जाने दिन अव गए अव प्रदेश सरकार तपाईहरुलाई नै खोज्दै तपाईहरुको घर आगनमा आउँने छ ।”

बागमती प्रदेशका माननिय केशव पोखरेलले विकास र समृद्धिका लागि जनताहरुको जनअपेक्षाको कदर गर्दे विकास र पुर्वाधारमा आफूहरु केन्द्रित रहेको बताए । सांसद पोखरेलले बागमती प्रदेश सरकार जनताहरुको दिर्घकालिन विकासको खाका अनुरुप युद्ध स्तरमा लागिसेको र अवका दिनहरुमा जनताहरुमा विकासको प्रत्याभुतिहुनेमा आफू विश्वस्त रहेको उनलृे जिकिर गरे ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न पर्यटन उत्सवको आयोजना गरिएको जानकारी दिए । नगर प्रमुख गिरीले जनताले महशुस हुर्ने गरि स्थानिय सरकारले सोचे अनुरुप अगाडी वढ्ेको र नगरलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने योजना अगाडी वढिसकेको बताए ।

समितिका अध्यक्ष हरिशरण थापाले सरकारले तोकेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनुपर्ने बताए । अध्यक्ष थापाले दहचोकलाई देशकै नमूना पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आफुहरु लागि परिहेको चर्चा गरे ।

कार्यक्रममा वोल्दै चन्द्रागिरि १ का वडा अध्यक्ष राजेन्द्र केसीले दहचोकको समग्र विकासमा स्थानियहरुको व्यापक सहभागिता र विकास प्रति माया भए दहचोकको समृद्धिमा आमुल परिर्वतन हुने उहाँको भनाई छ ।सो अवसरमा सञ्चारकर्मी तथा समाजसेवी रोशन दानी, लाई सम्मान गरिएको थियो ।

सरकारले नेपाल भ्रमण वर्षका लागि एकसय गन्तव्य स्थलभित्र सुचिकृत गरेको इन्द्रदह र काजी कालु पाण्डेको समाधिस्थल रहेको छ । उक्त क्षेत्रमा मनकामना मन्दिरसमेत रहेको छ ।

प्रकाशित : २०७६, ९ फाल्गुन शुक्रबार २०:११