पुरानै कर्मचारीतन्त्रलाई नसुधारे देश विकासमा अवराेध नहट्ने: अध्यक्ष दाहाल

चितवन, चैत २७ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानै कर्मचारीतन्त्रलाई नसुधारे देश विकासमा अवराेध नहट्ने वताएका छन् ।

चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्तासँग अन्तर्क्रिया तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने,”पुरानै कर्मचारीतन्त्र राजनीतिक प्रणाली नयाँ, संविधान नयाँ तर ऐन नियमहरु पुराना हुँदा सरकारलाई निकै धेरै मिहेनत गर्नुपरेको छ , ‘हाम्रो देशको कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ भएको छ यसलाई परिमार्जित र परिस्कृत गर्न जरूरी भईसक्याे ।

उनले माडीमा पार्टी कमिटी निर्माण गरेर जनताको काम मिलेर गरेकोमा स्थानीय नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिए ।

स्थानीय नेता तथा कार्यकर्ताहरुले पार्टीको स्थिति र स्थानीय समस्याका बारेमा रिपोर्ट प्रस्तुत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र राप्रपाबाट नेकपामा प्रवेश गर्नेहरुलाई टीका लगाएर पार्टीमा प्रवेश गराएका थिए ।

प्रकाशित : २०७५, २७ चैत्र बुधबार २२:४५