प्रधानमन्त्रीको जन्मदिनकाे केककाे विषयलाई लिएर सामाजिक सञ्जालमा आलाेचना यसरी भयाे भाईरल

काठमाडौँ, फागुन १२ प्रधानमन्त्री केपी शर्मा ओलीले  आफ्नाे जन्म दिनमा काटेकाे केककाे विषयलाई लिएर सामाजिक सञ्जालमा टीका टिप्पणी र आलाेचना सुरू भएकाे छ ।
सरकारमा रहेका सञ्चार मन्त्री तथा सरकारका प्रबक्ता गाेकुल बास्काेटाकाे काण्ड सेलाउन नपाउदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे जन्म दिनमा काटेकाे केककाे विषयलाई लिएर सामाजिक सञ्जालमा टीका टिप्पणी र आलाेचना सुरू हुन थालेकाे हाे ।

सामाजिक सञ्जालमा एक जनाले लेखेका छन् ,प्रधानमन्त्री को नियत ठिक होला न होला तर देश को नक्सा केक बनायर टुक्रा टुक्रा पारी खायको मलाइ चित्त बुझेन ,मातृभुमी माथी यो भन्दा ठूलो मजाक के होला??

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मभूमी तेह्रथुमको आठराई गाउँपालिका पुगेर भव्य रुपमा जन्मदिन मनाएका हुन ।

प्रधानमन्त्री ओली जन्मथलो आउने भनेपछि गाउँपालिकाले विज्ञप्ती नै निकालेर त्यहाँका सरकारी निकाय र विद्यालयमा बिदा दिइएको हाे।

आजै बालुवाटारमा सामान्य शुभकामना सहित मनाएको भएतापनी जन्मभूमी पुगेर भने भव्य रुपमा मनाएका थिए ।
प्रधानमन्त्री ओलीलाई शुभकामना दिन शुभेच्छुक नेता कार्यक्रता बालुवाटार पुगेरै शुभकामना दिएका थिए ।

प्रधानमन्त्रीले जन्मदिनको केकको बिषयमा भने आलोचना शुरु भएको छ । प्रधानमन्त्री ओलीको जन्मदिन मनाउन प्रयोग भएको केक नेपालको नक्सा आकारको थियो । नेपालको नक्सा आकारको केकलाई काटेर वितरण गर्दै थिए प्रधानमन्त्री ओली । यसबाट देशलाई नकारात्मक सन्देश गएको टिप्पणी भएको छ ।

नेपालको नक्साआकारको केक काट्नु भनेको देशलाई खण्डित गर्नुको सन्देश जाने आलोचकहरु बताउँछन् ।अर्को रोचक कुरा, प्रधानमन्त्रीको जन्मदिन मनाउनका लागि प्रयोग भएको केक बोक्नका लागि हेलिकप्टर नै चार्टर्ड गरिएको बिषय सामाजिक संजालमा भाइरल भएको छ । हेलिकप्टर प्रयोग गरि केक ल्याइएको भिडियो नै सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको चर्को आलोचना शुरु भएको छ ।

उपराष्ट्रपति नन्दवहादुर पुनका छाेरा दिपेशले प्रधानमन्त्री ओलीकाे सपाेटमा सामाजिक सञ्जालमा आफ्नाे धारणा शार्वजनिक गरेपछि धेरैले आलाेचना गरेका छन् । उनले आफ्नाे धारणा यसरी ब्यक्त गरेका थिए ।

केक त जसकाे जन्म दिन हाे उसैकाे फाेटाे राख्ने चलन पनि छ। के आफ्नो फाेटाे भएको केक काटेर खादा आफैं काटेर खाएको हुन्छ त?हरेकले आफ्नो जन्मदिनको केकमा आफ्नो नाम लेखिन्छ।के आफ्नो नाम आफै कसैले काट्न सक्छ त ?आफूलाई मन पर्ने मान्छेको फाेटाे,नाम वा उस्तो पहिचान झल्काउने चिजहरु जन्म दिनकाे केकमा राखेर केक काट्ने प्रचलन छ।आफूलाई मन पर्ने चिज पाे केकमा बनाउने हो त। यो पनि केक नै हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र नरेन्द्र मोदीको जन्म दिनको केक।विश्वका धेरै नेताहरुको केक त्यही देशको झण्डा, नक्सा अनुसार बनाईने कुरा नौलो हैन।
केक घोडाको हुन्छ, हिमालको हुन्छ, आफ्नै फोटोको पनि हुन्छ,पृथ्वी आकारको केक पनि हुन्छ। केक अनेकथरीको बनाउन सकिन्छ। आफूलाई मन पर्ने वस्तुको आकार दिने मात्र हो।