सडकमा देखिने प्रहरी सरकारको पहिलो तस्विर : डिआईजी पोखरेल

प्रहरी वृत्त सातदोबाटोमा प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको शुभारम्भ गर्दै डिआईजी पोखरेलले

काठमाण्डौ, १२ फाल्गुन / प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले सडकमा देखिने प्रहरी सरकारको पहिलो तस्विर भएकाले उसको खानपिन,व्यक्तित्व,बोलीचाली,र व्यवहार परिवर्तन गर्नुपर्ने बताएका छन् ।

उपत्यकामा संचालित प्रहरी संयुक्त मेश सुधार अभियान अन्तर्गत आज एक कार्यक्रमका बिच महानगरीय प्रहरी प्रहरी वृत्त सातदोबाटोमा प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको शुभारम्भ गर्दै पोखरेलले प्रहरी जनताको सुखदुःखको सारथी भएको कारण सडकमा देखिने प्रहरी सरकारको पहिलो तस्विर भएकाले संवेदनशिल हुन निर्देशन दिएका हुन् ।

डिआईजी पोखरेले प्रहरीमा आउने हरेक किसिमका नागरिकहरुको भावनाको कदर गर्न प्रहरी सक्षम हुनुपर्ने र राज्यको अभिन्न अंग प्रहरी भएको बताउँदै उच्च मनोबलसाथ कानुन कार्यान्वयनमा कठोर बन्न उनले निर्देशन समेत दिए ।
समुदाय संग प्रत्यक्ष रहेर जनता र प्रहरी मिलेरै समाजका सबैखाले अपराध र विकृति÷विसंगति अन्त्य गर्न सकिने उनको भनाइ थियो ।

ठुलो संख्यामा रहेका जवानर हवल्दार र चौविसै घण्टा डिउटीमा खटिने कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र त्यस कर्मचारीहरूबाट प्रदान हुने सेवा प्रवाह अझबढी स्तरीय र प्रभावकारी हुने अपेक्षा रहेको डिआईजी पोखरेलले वताए ।

यस अघि प्रहरी कर्मचारीहरूको लागी सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरि ३ तहको मेश संचालन हुदै आएको थियो ।यसरी संचालनमा आएको मेश प्रणालीबाट तल्लो दर्जाको मेशमा अपेक्षित सुधार हुन नसकेको तथ्यलाई आत्मसाथ गरी सम्पूर्ण मातहत कार्यालयहरुमा अधिकृत जवानहरुको साझा तथा स्तरीय मेश निर्माणरसुधार अभियान शुभारम्भ गरिएको बताउदै प्रहरीमा बस्ने व्यारेक,पानि ट्वाइलेट लगायत धेरै समस्याहरू रहेकाले सरकारले गदेला भने भन्दा पनि मेरो भुमिका वा हाम्रो भूमिका कहाँ छ अरू भन्दा विषेश कसरी देखिन्छु भने भावना राख्छ उसले परिवर्तन ल्याउने भएकाले हामीमा भएको समस्याहरू एक एक गरी समाधान गर्ने र त्यसैको पहिलो कडि मेश सुधार अभियान चलाईएको बताए ।

 

समान रासन र समान पोशाक निर्दिष्ट प्रहरी कर्मचारीको मेशमा समेत समानता आउनुपर्ने लक्ष्य सहित थालनि गरिएको यस अभियानको हालसम्मको उपलब्धि आफु निकै हर्षित भएको समेत बताउनुहुदै यस अभियान सफल बनाउन मातहत कार्यालयहरुले देखाउनु भएको तदारुकता र सकारात्मक सोच प्रशंसनिय रहेको बताए ।

उक्त अवसरमा प्रहरी संयुक्त मेशको निर्माणरसुधार गर्ने अभियानमा जारी भएका निर्देशनलाई अक्षरस पालना एवं कार्यान्वयन गरी संयुक्त मेश निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्मा सहित ४ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको छ ।

प्रकाशित : २०७६, १२ फाल्गुन सोमबार १६:५४