प्रहरी अधिकृत तथा जवान संयुक्त मेस शिलान्यास : ट्राफिक प्रहरीलाई वासिङ मेसिन र बिद्युतिय स्कुटर

  • 18
    Shares

फाल्गुन १४, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा प्रहरी अधिकृत तथा जवान संयुक्त मेस भवनको शिलान्यास भएको छ ।

आज बुधवार एक कार्यक्रमका बीच महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उद्घाटन गरेका छन् ।


पोखरेलका अनुसार मेस सुधारको अभियान चर्चा परिचर्चाको बिषयमात्र नभई वर्षौ देखि चली आएको दर्जागत रूपमा हुने प्रहरी प्रहरी विचको मनोवैज्ञानीक दुरी अन्त्यको परिष्कृत रूप हो । यसले पदीय जिम्मेवारी बाहेकको भाईचारा भावनाको विकास गर्दै परिणाम मुखि कार्य सम्पादनमा गहन भुमिका निर्वाह गर्न मद्दत गर्दछ ।


उक्त अवसरमा प्रहरी संयुक्त मेशको निर्माण र सुधार गर्ने अभियानमा जारी भएका निर्देशनलाई अक्षरस पालना एवं कार्यान्वयन गरी संयुक्त मेश निर्माण सम्पन्र गरी संचालनका लागि निर्देशन समेत दिनुभयो ।

चौविसै घण्टा डिउटीमा खटिने कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराई कर्मचारीहरूको मनोवल थप प्रदान गरि जनताको सेवा प्रवाहमा अझ बढी स्तरिय र प्रभावकारी बनाउने तथा मेस सुधार अभियानमा दत्तचित्त भई लाग्ने प्रतिबद्दता महाशाखाका प्रमुख भिम प्रसाद ढकालले गर्नुभयो ।
यस्तै, सोही कार्यक्रममा मियमा मोटर्स प्रा.लि.का अध्यक्ष समिरमान यादवले एउटा बिद्युतिय स्कुटर महाशाखाका प्रमुख ढकाललाई हस्तान्तरण गरेका छन। उक्त बिद्युतिय स्कुटर सार्वजनिक सवारी साधनमा छुट्याईएको आरक्षण सिट कार्यान्वयनको अनुगमन तथा ट्राफिक व्यवस्थापनमा प्रयोग हुने महाशाखाले जनाएको छ ।
त्यसै गरी काठ्माडौंको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न खटिने ट्राफिक प्रहरीलाई थप स्मार्ट गराउनको लागि प्रहरी प्रधान कार्यालयबाट महानगरीय प्रहरी कार्यालय हुँदै यस महानगरीय ट्राफिक प्रहरी महाशाखालाई एक थान वासिङ मेसिन समेत प्रदान गरिएको छ ।

कार्यक्रममा कामनपा – २८ का अध्यक्ष भाईराम खड्गी, एसएसपी श्याम ज्ञवाली, उत्तम सुबेदी, सहकुल थापा लगायत उपत्यकाका ट्राफिक प्रहरी वृत प्रमुखहरूको समेत उपस्थिती रहेको थियो ।कार्यक्रममा उपस्थित अतिथिज्यूहरूलाई स्वागत महाशाखाका प्रहरी उपरिक्षक राजकुमार बैदवारले गर्नुभएको थियो।

प्रकाशित : २०७६, १४ फाल्गुन बुधबार १३:०७