कमलाबारीमा गुडिरहेको ट्रक अचानक स्थानीय घरमा ठोक्किन पुग्दा दुर्घटना

  • 8
    Shares

१४ फागुन, काठमाडौं । वीरगञ्जबाट गोलभेंडा बोकेर पोखरातर्फ जाँदै गरेको ट्रक घरमा ठोक्किन पुग्दा दुर्घटना भएको छ ।

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा गुडिरहेको ट्रक अचानक स्थानीय भोजराज पन्तको घरमा ठोक्किन पुग्दा दुर्घटना भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले गोलभेंडा बोकेर ना४ख८६६६ नम्बरको ट्रक स्थानीय भोजराज पन्तको घरमा ठोक्किन पुग्दा दुर्घटना भएको बताए ।

तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार ठक्कर दिने ट्रक र पन्तको घरको अगाडिको भागमा क्षति पुगेको र दुर्घटनामा परी ट्रकका चालक सामान्य घाइते भएका छन् ।

ट्रक दुर्घटना हुदा घरमा काेहि नभएका कारण मानवीय क्षति भने नभएको र प्रारम्भिक अनुसन्धानको क्रममा चालक निदाएका कारण सडक नजिकै रहेको पन्तको घरमा ट्रक ठोक्किन पुगेको हुन सक्ने प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित : २०७६, १४ फाल्गुन बुधबार १७:४३