exclusive News cnewsमन्त्रीले लगाए सचिवकाे कार्यकक्षमा ताला

  • 19
    Shares

मन्त्री र सचिव विच विवाद चुलियाे

२८ चैत, हेटौंडा ।

मन्त्री दुुुलाल 

सचिव,पाैड्याल

प्रदेश नम्बर ३ मा मन्त्री र सचिव विच विवाद चुलिदा मन्त्रालयकाे काममा वाधा सृजना गराएकाे छ ।

प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल र केहीदिन अघिमात्र मन्त्रालय आएका सचिव लोकनाथ पौडेल विच तिव्र विवाद चुलिएको हाे ।

विशेष स्राेतका अनुसार सचिव पौडेलले मन्त्रालयको काममा चासो नदिएको र मातहतका महाशाखाले पठाएका फाइल कार्यान्वयन नगरेकको भन्दै सचिवकाे कार्यकक्षमा ताला लगाएका हुन ।

पटक पटक विभिन्न निकाय वाट अाएका काम सचिवले वेवास्था गरेकाे भन्दै सामाजिक विकास मन्त्री युवराज दुलाल र सचिव लोकनाथ पौडेल विच तिव्र विवाद चुलिदै गएकाे स्राेतले भन्याे ।

मन्त्रालयमा यश वारे सिन्युजले प्रतिक्रिया लिन खाेज्दा सचिव पाैडेल १० दिनकाे विदा लिई काठमाडौं गएकाे जानकारी प्राप्त गरेकाे छ । हाम्राे न्युज टिम सत्य तथ्य पत्ता लगाई बाहिर ल्याउने काेशीस गर्ने  छ ।

 

प्रकाशित : २०७५, २८ चैत्र बिहीबार ०२:३२