“कर्माज लेजर इन रिसोर्टको सञ्चालनमा आउदै”

  • 65
    Shares

काठमाडौं १९ फागुन । कर्माज लेजर इन रिसोर्टको सञ्चालनमा  आउने भएकाे छ ।

काठमाडौं बौद्धको पिपलबोटबाट तामाङ्ग गुम्बा जाने बाटोमा १५० मिटर भित्र पर्ने ७ रोपनी क्षेत्रफलमा आधुनिक र आकर्षक रिसोर्ट सञ्चालनमा आउने भएकाे हाे ।

स्विमिङ्गपुल, जिम, जुम्बा, सोना, स्टिमका साथै खुल्ला बगैचामा साथीहरु वा परिवारको साथमा स्वस्थ खानाको स्वाद दिने उदेश्यका साथ रिसोर्ट सञ्चालन गरिन लागिएको कम्पनीका अध्यक्ष सन्तोष थापाले बताए ।

पाहुनाहरुको सुबिधाकोलागि रिसोर्टले १५ वटा अत्याधुनिक सुबिधा सम्पन्न कोठाहरुको ब्यबस्थापन सहित यहि फाल्गुन २३ गते शुक्रबार भब्य र सभ्यरुपमा उदघाटन समारोह गर्ने लागिएको कम्पनीका डाईरेक्टर मनिस ढकालले बताए ।

“कर्माज लेजर इन” ले बिदेशी तथा स्वदेशी पाहुनालाइ आकर्षित पार्नेमा बिश्वस्त रहेकाे रिसाेर्टले जनाएको छ ।

प्रकाशित : २०७६, १९ फाल्गुन सोमबार १२:१३