दहचाेकस्थित वनमा लागेकाे आगाे रातारात नियन्त्रणमा

  • 280
    Shares

काठमाडाैँ, २२ फागुन । चन्द्रागिरि नगरपालिका स्थित दहचाेकमा रहेकाे केउरानी सामुदायिक वनमा लागेकाे आगाे नियन्त्रणमा आएकाे छ ।

बुधबार साँझ ६ बजेदेखि लागेको आगाे महानगरीय प्रहरी प्रभाग बलम्वु, प्रहरी वृत्त थानकाेट, नेपाली सेनाकाे युद्धकवच गण सितापाईला, सशस्त्र प्रहरीकाे टाेलीकाे संयुक्त प्रयायसमा केउरानी सामुदायिक वनमा लागेकाे आगाे नियन्त्रणमा आएकाे हाे ।

आगाे नियन्त्रणका लागि सेनाकाे युद्ध कवच गण सितापाईलाबाट सहायक सेनानी युवराज लामाकाे नेतृत्वमा २६ जना, महानगरीय प्रहरी प्रभाग र थानकाट वृत्तबाट १५ जना, सशस्त्र प्रहरी बलबाट १३ जना परिचालित थिए ।

हावा चलेकोले आगो फैलिएर नियन्त्रणबाहिर गएको र मानवीय क्षति हुन सक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक खेमराज राउतले करिव ६ बजेदेखि जङ्गलमा आगाे लागेकाे भन्ने सूचना प्राप्त भएकाे थियाे । लगत्तै नियन्त्रणका लागि खटिएकाे र कठिनाइका बाबजुद पनि नियन्त्रणमा लिन सफल भएकाे उनले बताए ।

उनले भने, ‘तत्काल प्रहरी पुगेर आगाे नियन्त्रणका लागि प्रयास गरेकाे हाे । बीच जङ्गलमा दमकल पनि जान नसक्ने अवस्था थियाे । बाटाेबाट करिव ३ किलाेमिटर महेलपानी भएकाे स्थानमा लागेकाे आगाे दहचाेकस्थित थाप्ले चाैर गुम्बातर्फबाट नियन्त्रणमा दिएका हाैं ।’

आगाे कसले र किन लगाएकाे हाे, खुल्न सकेकाे छैन । यद्यपि आगाे लगाउनेकाे खाेजी भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६, २२ फाल्गुन बिहीबार ०९:२२