ईप्रका घर्तीगाँउले सवारी चालक र यात्रुलाई किन बाड्यो चकलेट ?

  • 141
    Shares

२३ फागुन राेल्पा । राेल्पा स्थित ईलाका प्रहरी कार्यालय घर्तिगाँउले गल्ती गर्ने,नगर्ने सवारी चालकलाई चक्लेट वितरण गरेकाे छ ।

जिल्ला रोल्पा माडि गाँउ वडा न २ घर्तिगाउ स्थित सडकमा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको “चालक र यात्रु संगको १ मिनेट कार्यक्रम” लाई लक्षित गरि गल्ती गर्ने र नगर्ने चालक दुवैलाई चक्लेट वितरण गरेकाे हाे ।

ईलाका प्रहरी कार्यालय घर्तिगाउका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जनचेतना कार्याक्रम अन्तर्गत छतमा यात्रु चढाई यात्रा नगर्ने , सवारी चालक अनुमति पत्र तथा आवश्यक कागजपत्र विना सवारीसाधन नचलाउन क्षमता भन्दा बढी यात्रु नचढाउन सवारी साधनकाे नियमित चेकजाँच गर्न,सवारी साधनवाट बाहिर फाेहाेर नगर्न अनुराेधका साथै चालक र यात्रु संगको १ मिनेट अन्तरक्रिया गरिएकाे बताए ।

ईलाका प्रहरी कार्यालय घर्तिगाउँले समुदायमा लक्षित प्रहरी र स्थानीय विच नागरिक मैत्री अभियान समेत सञ्चालन गर्ने भएकाे छ ।


प्रहरी मेराे साथी,मुस्कान सहित सेवा,नागरिक सहजकर्ता,मेष सुधार अभियानलाई समेत प्राथमिकता दिने भएकाे छ ।

काठमाडौं उपत्यकामा सञ्चालित जुनियर र सिनियर प्रहरी विच समान भाईचार स्थापित गर्ने कार्यक्रम आफ्नाे ईप्रकामा समेत लागू गर्ने प्रहरी निरीक्षक खड्काको भनाइ  छ ।

प्रकाशित : २०७६, २३ फाल्गुन शुक्रबार २२:३७