गाेरखा २४ फागुन । गोरखा नगरपालिका–१३ स्थित मस्र्याङदी नदीमा हाम फाल्दा तनँहुका अनुप श्रेष्ठको ज्यान गएको छ ।
शुक्रबार राती मस्र्याङदी नदीको पुलबाट हाम फाल्दा तनँहु आवुखैरेनि गाउँपालिका–३ का ३१ वर्षीय श्रेष्ठको ज्यान गएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
उनका अनुसार नदीमा हाम फाल्दा घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
घरायसी झगडाले घरदेखि भागेर नदी हाम फाल्न गएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।