विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ

  • 11
    Shares

२४ फागुन काठमाडौँ — परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।

परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्‍मी कर्मचार्यलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरीले परिसर काठमाडौका प्रमुख एसएसपी उत्तम सुवेदीले परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ का विद्यार्थीलाई हात चिरेर यातना दिएको पाइएपछि महानगरीय प्रहरी वृत बानेश्‍वरले शिक्षिका कर्मचार्यलाई पक्राउ गरेको पुष्टि गरे ।

एसएसपी सुवेदीले भने, “आरोपित शिक्षिकालाई शनिबार बिहान उनको घरबाटै पक्राउ गरि जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट म्याद थप गरेर कर्मचार्य विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरि रहेका छाै ।”

उक्त एकेडेमीले शिक्षिका कर्मचार्यलाई जागिरवाट बर्खास्त गरिसकेको भन्दै विज्ञप्ति निकालेकाे थियाे ।प्रिन्सिपल राजनकुमार श्रेष्ठले उनलाई शुक्रबारदेखि लागू हुने गरी बर्खास्त गरेको बताए ।

भक्तपुर घर भएकी उनी विगत १० वर्षदेखि सो स्कुलमा कक्षा ६ का विद्यार्थीहरुलाई सामाजिक शिक्षिका रूपमा अध्यायपनरत थिइन्।

२० पूर्णाङ्कको परीक्षा लिइएकोमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीले शिक्षिका कर्माचार्यको दबाबपछि हात चिरेका थिए । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् ।

जति कम नम्बर आएको छ उति धेरै चिरा हातमा पारिएको छ । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हातमा सबैभन्दा बढी काटिएको छ । १५ नम्बर आसपास ल्याउनेको भने कम काटिएको छ ।

प्रकाशित : २०७६, २४ फाल्गुन शनिबार १७:२७