घुस दिनखोज्दा प्रहरीको नियन्त्रणमा

  • 6
    Shares

२५ फाल्गुन काभ्रे (बनेपा) – जिल्लाको काभ्रेबाट काठमान्डौ स्थित टिकाथली छिर्नलाई टिपर चालकले प्रहरीलाई घुस दिनखोज्दा टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

नमोबुद्ध नगरपालिका स्थित भकुण्डेवेशीवाट गिटी बोकेर आएको बा ५ ख ८७९४ नंम्बरको टिपरसँग आवश्यक कागजपत्र नभएपछि प्रहरीचौकी सागाँमा कार्यरत प्रहरी हबलदार दिपेन्द्र कार्कीले बिहान ५३० को समयमा कागजपत्र मागेका थिए ।

रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–९ का टिपर चालक सरोज तामाङले कागजपत्रको सट्टा एक सय थमाएपछि हबलदार कार्कीले तत्कालै प्रहरी सहायक निरीक्षकलाई जाहेरी गरेको थिए ।

प्रहरी सहायक निरीक्षक आउने वितिक्कै चालक सरोज तामाङले पाँच सय निकालेर दिएपछि प्रहरीले तत्कालै तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार थापाकोको भनाई छ ।टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुशन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : २०७६, २५ फाल्गुन आईतवार १७:५४