ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने व्यक्ति पक्राउ

  • 6
    Shares

काठमाडौं, फाल्गुन २६ । मादक पदार्थ सेवन गरि सवारी साधन चलाई कारबाही नगर्न भन्दै ट्राफिक प्रहरीलाई पाँच हजार घुस दिने व्यक्ति पक्राउ परेका छन् ।

कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीवाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो ।

उक्त कार चालक श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए ।

महानगरीय ट्राफिक प्रहरी कंलकीका प्रमुख पुरूषाेतम कार्कीले श्रेष्ठले कलंकी चोकमा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आईतवार राति ट्राफिक प्रहरीले पक्राउ गरेको बताए ।

कंलकी चाेकमा डिउटी मा खटिएका प्रहरी जवान रमेश गुडालले खैराे रङ्गकाे बा ५ च ९०५१ नम्बरको किया गाडीलाई शंका लाई चेकजाँच गर्ने क्रममा उक्त गाडीकाे चालकले मापसे सेवन गरि गाडी चलाएकाे हुदा उक्त चालकलाई कारवाही गर्न खाेज्दा उक्त चालकले कारवहि नगर्नुस बरू ३ हजार लिनुस भनी चेक जाँचखटिएका प्रहरी जवान रमेश गुडाललाई ३ हजार रूप खाेजेकाे तर साे रकम लिन प्रहरीले जवानले ईनकार गरेपछि अावश्यक कारवाहीका लागि उक्त गाडी र चालक कंलकी चाेकवाट कंलकी ट्राफिक कार्यालय तर्फ प्रहरी जवान दिपक कुमार विकलाई जिम्मा लगाई पठाउदा विच वाटाेमै मलाई छाडिदिनुस म थप दुई हजार दिनेछु भनी रू पाँच हजार प्रहरी जवान दिपक कुमार विकलाई दिन खाेज्दा निज जवानले समेत साे रकम लिन ईनकार गरि उक्त चालक र सवारीसाधन लाई कानुन बमोजिम कारवाही गर्न पठाईएकाे कंलकी ट्राफिक प्रहरी प्रमुख पुरूषाेतम कार्कीले बताए ।

यसरी डिउटीमा खटिएका प्रहरी कर्मचारीहरूलाई अार्थिक प्रलोभनमा पार्ने काेहि कसैलाई पनि नछाड्ने र कानुनि दायरामा ल्याउने कंलकी ट्राफिक प्रमुख कार्कीकाे भनाई छ ।

ट्राफिक प्रहरीले कसैसँग पनि हात फैलाएका छैनन उल्टै सडक गुड्ने सवारी साधनहरूले आफ्नाे कमजोरी लुकाउनकाेलागि र अाफ्नाे सहजताकाे लागि ट्राफिक प्रहरीलाई अार्थिक
प्रलोभनमा पार्न खाेज्ने प्रयास गर्छन र यसरी अाफ्नाे सहजताकाे लागि ट्राफिक प्रहरी लाई प्रलोभनमा पार्न खाेज्ने जाेकाेहिलाई पनि नछाड्ने भनी आफ्ना प्रहरी कर्मचारीलाई समेत कंलकी ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पुरूषाेतम कार्कीले निर्देशन दिदै अाएका छन् ।

यस अघि वाटाेमा खटिएका ट्राफिक प्रहरीहरूलाई अार्थिक प्रलोभनमा पार्न खाेज्ने विभिन्न चालक र सहचालक गरि करिव २० जना भन्दा वढिलाई कानुनि दायरमा ल्याई कारबाही समेत गरि सकेकाे छ कंलकी ट्राफिकले ।
यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त,कालिमाटीमा बुझाएको छ ।

प्रकाशित : २०७६, २६ फाल्गुन सोमबार १०:२६