ट्राफिक नियय उल्लंघन नगर्ने चालकलाई पुरस्कारकाे व्यवस्था

  • 80
    Shares

२६ फागुन काठमाडौं । ट्राफिक नियम पालना गर्ने चन्द्रागिरी यातायातका चालक र सह–चालकलाई पुरस्कार दिईने भएकाे छ ।

फागु पूर्णिमाको अवसरमा चन्द्रागिरी यातायात प्रा.लि.ले चालक र सह–चालकलाई नगद पुरस्कार दिने घोषणा गरेको हो ।

साेमबार चालक तथा सह–चालकका लागि आयोजित अनुशिक्षण कार्यक्रममा चन्द्रागिरी यातायातका अध्यक्ष गौतम श्रेष्ठले कर्मचारीलाई पुरस्कार दिने घाेषना गरेका हुन् ।

प्रत्येक महिना ट्राफिक नियम पालना गर्ने चालक र सहचालकलाई तीन हजार रुपैयाँ नगद पुरस्कार दिइने अध्यक्ष गौतमले बताए ।

कार्यक्रममा महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले सार्वजनिक सवारी साधनलाई मर्यादित बनाई आम सर्वसाधारण सुरक्षित रूपमा यात्रा गर्ने बाताबरण बनाउन चालक र सहचालककाे अहम् भुमिका हुने बताए । उनले यश क्षेत्रमा मादक पदार्थ र लागुअाैषध सेवन गरि सवारीसाधन चलाउने बिरूद्द मुद्दा दर्ता गरि कारबाही भईरहेकाेले यश सम्बन्धमा सजक रहन र सुरशक्षित सडक वातावरण कायम गर्न अनुराेध समेत गरेका थिए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले ट्राफिक नियमसम्बन्धी अनुशिक्षण तथा जनचेतनामूलक प्रशिक्षण दिए ।

ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै प्रहरी निरीक्षक कार्कीले मापसे गरेर र तिव्र गतिमा सवारी नचलाउन आग्रह गरे । चालक र सहचालकलाई पुरस्कार दिँदा उनीहरुमा हौसला बढाउन सकिने कार्की भनाइ छ ।

प्रकाशित : २०७६, २६ फाल्गुन सोमबार १५:०५