पाँच प्रहरी नायव उपरीक्षकहरूकाे सरूवा कार्की बाैद्धमा

२६ फागुन काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरूवा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी वृत्त बौद्ध सरूवा गरिएको छ ।  यस्तै बौद्ध वृत्तका डीएसपी रमेशबहादुर सिंहलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पठाएको  हाे।

त्यसरी नै डीएसपी मदन कुँवरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ । त्यस्तै डीएसपी भरत श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रौतहट र डीएसपी प्रतिक सिंह राठौरलाई सर्लाहीबाट प्रहरी प्रधान कार्यालय काज सरूवा गरिएको छ ।
उपत्यकाको आकर्षक तथा चुनौतीपूर्ण मानिने बौद्ध सरुवा भएका डीएसपी कार्की पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलम पक्राउको क्रममा फिल्डमा खटिएका अधिकृत हुन् ।