पुर्व सञ्चारमन्त्री बास्काेटाकाे घरमा बम बिष्पाेट

  • 2
    Shares

२७ फागुन काठमाडौ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।

भक्तपुर जिल्ला मध्यपुर थिमि लोकन्थली वडा नं १ स्थित मनहरा प्लानिङमा रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान बिहान अन्दाजी समय ७:५० बजे विष्फोट भएको प्रहरीले हाे।

स्थानीयका अनुसार ठूलो आवाजसहित विष्पाेट भएको थियो । भक्तपुर प्रहरीका अनुसार विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको बा१९ च४७८१ नं को डेलिभेरी भ्यानको अगाडि को सिसा फुटेको छ ।

विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ भने कपिल केसी र कुबेर घिमिरे को घरको सिसा फुटेको छ ।

प्रहरीले बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको जानकारी दिएको छ ।

विस्फोटका बेला बास्कोटा भने निवासमा थिएनन् । उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । मन्त्रीबाट राजीनामा दिएपछि पनि उनी आफ्नो निवास सरेका छैनन् ।

बाँस्कोटा सेक्युरिटी प्रिन्टर खरिदमा कमिशनकाण्डमा मुछिएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए।

प्रकाशित : २०७६, २८ फाल्गुन बुधबार ११:३९