एनआरएन अमेरिकाको चुनावी मिति सार्बजानिक

दधिराम खतिवडा, टेक्सस, अमेरिका 
अमेरिकामा बसोबास गरिरहेका तीन लाख दाबि गरिएको नेपालीहरूको छाता संगठन गैरआवासिय नेपाली संघ ९एनआरएन० अमेरिकाको चुनाव आगामी मे १८ र १९ मा हुने भएको छ ।
राष्ट्रिय समन्वय परिषद अमेरिकाकोनिर्वाचन आयोगले ७ अप्रिलमा प्रकाशित गरेको कार्यतालिका अनुसार आगामी नेतृत्व ९२०१९–२०२१० चयनका लागि प्रारम्भिक ९ हजार १ सय ७२ मतदाताको नामावली, निर्वाचन आचारसंहिता, तिथि मिति तय गरेको हो ।
मतदाताहरूले अमेरिकी पूर्वीसमयअनुसार मे १८ विहान ८ बजेदेखि मे १९ राति ११ बजेर ५९ मिनेटका बीचमा आफ्नो सुविधाअनुसार अनलाइन भोटिङ गर्न सक्नेछन्।
थप प्रकाशित विवरण अनुसार अप्रिल १३ मा मतदाताको अन्तिम नामावली प्रकाशित गरिने छ भने अप्रिल १४ मा उम्मेद्वारी दर्ता । अप्रिल २३ मा उम्मेद्वारको पहिलो नामावली प्रकाशित गरिने छ भने त्यसपछि दावी बिरोधलगायतका प्रक्रिया पूरा गरेर मे ७ मा उम्मेद्वार को अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन समितिका प्रमुख बिश्वनाथ बरालले जानकारी दिएका छन ।
यसैगरी मे २१ मा निर्वाचन परिणाम घोषणा गरिनेछ भने जुलाई ७ मा नयाँ कार्यसमितिको सपथग्रहण तथा पदभार हस्तान्तरण हुने छ।
निर्वाचन कार्यक्रम प्रकाशित भएपछि अब एनआरएन अमेरिकाको चुनावी चहलपहल बढ्दो छ । आकांक्षीहरूको उम्मेद्वारी घोषणा जारि नै छ । यस अघि नै एक अध्यक्ष पदका लागि सात जनाले प्रतिस्पर्धीका रूपमा मैदानमा उत्रेका छन् ।
राजनीतिक, सैदान्तिक, वैचारिक र संस्थागत हिसाबले मतभेद र प्रतिस्पर्धा हुने दुई राजनीतिक ध्रुव नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति र नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी मञ्चसँगबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
स्थापना काल देखि नै विवादको चङगुलमा फसेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका अहिले पनि विवादको चक्रब्यूह बाट फुत्किन सकेको छैन । यसको ज्वलन्त प्रमाण मतदाता नामावली हेर्दा षडयन्त्र अहिले देखि सुरु भएको आंशका उब्जिन थालेको छ ।
नामावली प्रकाशनपछि अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार सन्जय थापाले आपत्ति प्रकट गर्दै नामावली वर्णनुक्रम र राज्यअनुसार हुनुपर्ने बताएपछि एनसिसिले परिमार्जन गरी पुन प्रकाशित गरेको छ ।

प्रकाशित : २०७५, ३० चैत्र शनिबार १५:४७