राेल्पाकाे टुटुमिरूल स्थित कुवारी जंगलमा दुई बाेरा सकेट वम भेटियाे

  • 3
    Shares

२८ फागुुुुन रोल्पा — राेल्पा जिल्ला स्थित थबाङ गाउँपालिकामा दुई बोरा सकेट बम फेला परेको छ ।

स्थानीय घाँसीले बुधबार थबाङ–३ टुटुमिरूल स्थित कुवारी जंगलमा बम फेला पारे पछि ईलाका प्रहरी कार्यालय घर्ती गाउँलाई खवर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय घर्ती गाउँका प्रहरी निरीक्षक शंकर खड्काले उत्तरी रोल्पास्थित प्रहरीले बम रहेको क्षेत्रलाई नियन्त्रणमा लिएर सुरक्षित पारेको बताए ।

घाँसी काट्ने स्थानीयले बिहान १० बजे नै बम फेला पारेको खबर गरेपछि सदरमुकामस्थित जिल्ला सुरक्षा समितिले बिहीबार बम निस्क्रिय पार्ने योजना बनाएको छ ।

प्रहरी निरीक्षक खड्काले बम रहेको स्थानलाई त्यहाँबाट करिब १ सय मिटर टाढा रहेको ईलाका प्रहरी कार्यालय घर्ती गाउँकाे
नियन्त्रणमा रहेकाे छ । उनले भने बाेरामा ८० देखि ८५ वटा सकेट वम फेला परेकाे छ डिस्पाेज गर्दै छाै ।”

प्रहरी निरीक्षक खड्काका अनुसार बम राखिएको दुई वटा बोरा निकै पुरानो र च्यातिएको जस्तो देखिएकाले तत्कालीन सशस्त्र द्वन्द्वका बेला विद्रोहीले बम राखेको हुन सक्ने अनुमान गरिएको छ ।

बम निस्क्रिय पार्न रोल्पास्थित नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थल पुगिसकेको छ । सेनाले भिरमा खाल्टाे खनेर टिएमटी,सकेट र डेटाेनियटरकाे सहायताले डिस्पाेज गर्दै छ ।

हाल बम राखिएको क्षेत्रको सुरक्षार्थ ईलाका प्रहरी कार्यालय घर्ती गाउँ र नेपाली सेनाकाे खड्ग दलका सह सेनानी हेमन्त खड्काकाे टाेली खटिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले बम फेला पारिएपछि सुरक्षा समितिको बैठक बसेको डिस्पोजल टाेलीले डिस्पाेज गरिने बताए ।

सदरमुकाम लिबाङदेखि मिरुल करिब ५० किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित : २०७६, २९ फाल्गुन बिहीबार १४:२८