राेल्पाकाे कुवारी जङ्गलमा भेटिएको दुई बाेरा बम सेनाद्वारा डिस्पाेज

  • 7
    Shares

रोल्पा — राेल्पा जिल्ला स्थित थबाङ गाउँपालिकामा दुई बोरा सकेट बम नेपाली सेनाकाे बम डिस्पोजल टाेलीले निस्कृय गरेकाे छ ।

स्थानीय घाँसीले बुधबार थबाङ–३ टुटुमिरूल स्थित कुवारी जंगलमा बम फेला पारे पछि ईलाका प्रहरी कार्यालय घर्ती गाउँलाई खवर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय घर्ती गाउँका प्रहरी निरीक्षक शंकर खड्काले उत्तरी रोल्पास्थित प्रहरीले बम रहेको क्षेत्रलाई नियन्त्रणमा लिएर सुरक्षित पारेको बम डिस्पोज गरिएको बताए ।
बम निस्क्रिय पार्न रोल्पास्थित नेपाली सेनाको खड्ग दलका सह सेनानी हेमन्त खड्काकाे टाेलीले बम निस्कृय गरेकाे प्रहरीले निरीक्षक खड्काले बताए ।

सेनाकाे टाेलीले अाई एन.टी २ वटा , पि. ई के, ६ वटा र डेटकट ३ मिटर बम निस्कृय गर्न खर्च भएकाे छ ।

घाँसी स्थानीयले बिहान १० बजे नै बम फेला पारेको खबर गरेपछि सदरमुकामस्थित जिल्ला सुरक्षा समितिले बिहीबार बम निस्क्रिय पार्ने योजना बनाएको थियाे ।

बाेरामा ८० देखि ८५ वटा सकेट बम लाई दुईवटा खाल्टाेमा राखेर डिस्पाेज गरिसकेकाे र मानविय क्षति हुनवाट राेकियाे ईप्रका घर्तीगाउँले जनाएको छ ।

प्रहरी निरीक्षक खड्काका अनुसार बम राखिएको दुई वटा बोरा निकै पुरानो र च्यातिएको जस्तो देखिएकाले तत्कालीन सशस्त्र द्वन्द्वका बेला विद्रोहीले बम राखेको हुन सक्ने अनुमान गरिएको छ ।

सदरमुकाम लिबाङदेखि मिरुल करिब ५५ किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित : २०७६, २९ फाल्गुन बिहीबार १६:४७