बजारमा माक्सकाेे कृत्रिम अभाव सृजना गरि कालाेवजारी गर्ने ७ पक्राउ ।

२ चैत्र काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भु र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर ७८ हजार सर्जिकल मास्कसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कालो बजारी गर्न लुकाएर राखिएको अवस्थामा प्रहरीले छापा हान्दा उक्त परिणामकाे सर्जिकल मास्कसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी स्वयम्भुका प्रमुख प्रहरी नायव उपरीक्षक लाल ध्वज सुवेदीले उनिहरूलाई काठमाडौंको डब्लुबाट उनीहरूलाई पक्राउ गरेको बताए । सुवेदीका अनुसार पक्राउ पर्नेमा महाकाल मञ्जुश्री टेडर्सका सञ्चालक मिन्टु तामाङ, अनिश कार्की, उज्ज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, नृप कार्की, गणेश तामाङ र शिव खड्का छन् ।

उनीहरूको साथबाट ७८ हजार सर्जिकलम मास्क बरामद गरेको गरेकाे छ ।

मञ्जुश्री सप्लायर्सबाट बरामद भएको सर्जिकल मास्क प्रतिगोटा भ्याटसहित करिव ३ रूपया पर्छ ।डीएसपी सुवेदीका अनुसार एक प्याकेटमा ५० सर्जिकल मास्क रहेका छन् ।

जुन प्याकेटको भ्याटसहितको बजार मूल्य १५० रुपैयाँ पर्न जान्छ ।
डिएसपी सुवेदीले भने,” अनिस कार्की र शिव खड्काले उज्वल अधिकारी संग प्रति गाेटा रू २८ मा खरिद गर्ने डिल गर्छन । निज उज्वल कार्की संग पनि माक्स हुदैन । उज्वल अधिकारीले नृप कार्की र थुमराज उपाध्य संग माक्सकाे विषयमा कुरा गर्दै २७ रूपयाँ खरिद गर्न सहमति गर्छन । उनीहरू संग पनि माक्स हुदन फेरि उनिहरूले डिलर महाकाल मञ्जुश्री टेडर्सका सञ्चालक मिन्टु तामाङ र निसान तामाङ संग रू २६ मा किने सहमति गरेकाे प्रहरी अनुसन्धान वाट खुल्न आएकाे छ ।

उज्ज्वलले २७ रुपैयाँमा किनेको मास्क २८ रुपैयाँका दरले अनिश र शिवलाई बेच्ने पूर्वयोजना थियो । गिरोहबीच सहमति भएपछि उनीहरू मास्क लिन मञ्जुश्री सप्लायर्स पुगेका थिए । त्यही क्रममा सबैलाई प्रहरीले पक्राउ गरेको थियाे ।

प्रहरीका अनुसार ३१ रुपैयाँसम्मका किनेको मास्क उनीहरूले ५० रुपैयाँसम्ममा बेच्ने योजना बनाएका थिए ।

महानगरीय प्रहरी वृत्तका स्वयम्भूका डीएसपी लालध्वज सुवेदीका अनुसार कोरोना भाइरस संक्रमणको त्रास फैलिएका बेला कालोबजारी गर्ने गिरोह सक्रिय भएका हुन् ।

पक्राउ परेका विरूद्ध कालाेवजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय एन २०३२ दफा ५ वमाेजिम बजारमा कुनै मालकाे कृत्रिम अभाव हुने गरि साे मालकाे मुल्य वृद्धि गराएर अनुचित नाफा लिई वजारमा विक्री गर्ने नियतले डिलर वा एजेण्डलाई १० वर्ष कदै वा जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : २०७६, २ चैत्र आईतवार १३:२५