काभ्रेमा टिपर आतंक, टिपरको ठक्करबाट आमा छोरीकै मृत्यु

काभ्रे (पनौती) – जिल्लाको पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खानीखोला गाउँपालिका वडा नं १ की जुनी मायाँ गोले र उनकी छोरी स्मारीका गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

दिउसो ४ बजे बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ आमा छोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागी शीर मेमोरियल बनेपामा लगीएको भए पनि उपचारको क्रममा उनिहरुको मृत्यु भएको तिमिल्सिनाले जानकारी दिए ।

टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पनौतीमा स्थानियहरुले टिपरको बिरोध गर्दै नारा बजी गरेर सडक अबरुद्ध गरेकाछन् ।

प्रकाशित : २०७६, ३ चैत्र सोमबार २२:२८