बजारमा पेट्रोलियम पदार्थको अभाव छैन : थानकोट डिपाे

  • 182
    Shares

४ चैत्र काठमाडौं ।नेपाल आयल निगम थानकोटले बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेकाे बताएकाे छ ।

केही दिन यता काेराेना त्रास र हल्लाका कारण राजधानीकाे पेट्रोल पम्पहरूमा सवारी साधनकाे लाईन बढे संग डिपाेवाट तेल प्रयाप्त पठाएको बताएको हाे ।

अन्तर्राष्ट्रिय बजारमा घटेको तेलको मूल्यको असर नेपालमा पनि देखिने भन्दै पेट्रोलियम व्यवसायीले निगमसंग कम परिमाणमा तेल खरिद गर्दा काठमाडौं लगायतका शहरमा तेलको अभाव देखिएको थियो ।

नेपाल आयल निगम थानकोट डिपाे प्रमुख बिनित मणि उपाध्यायले आज मात्रै १२ सय किलाे लिटर (१२ लाख )पेट्रोल र १३ सय किलाेलिटर(१३ लाख ) डिजेल पठाईने बताए ।

उनलेे भने,”बिगतमा पेट्रोल ६ सय किलाेलिटर र डिजेल ९ किलाेलिटर वजारमा जाने गरेकाे थियाे साे परिणाममा पनि वृद्धि अनुसार सहज हुने छ ।

डिपाे प्रमुखले उपाध्यायले हल्लाकाे भरमा पेट्रोलियम पदार्थको भण्डारण गर्न नहुने र यसले कुनै पनि बेलामा भयानक क्षति र दुर्घटना निमत्याउने हुदा संवेदनशील बस्तुकाे भण्डार नगर्न र पम्पहरूले पनि भाडामा दिने परिपाटी बन्द गर्न अाग्रह गरे ।

निगमले नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्छ ।

प्रकाशित : २०७६, ४ चैत्र मंगलवार १५:०५