काभ्रेको पनौतीमा ८ बजेदेखि कर्फ्यु हट्यो

काभ्रे (पनौती) – जिल्लाको पनौतीमा आज (मंगलबार) बिहान ९ बजे देखि सुरु भएको कर्फ्यु बेलुका ८ बजे हटेको छ ।

स्थिति नियन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको थियो । बिहान ९ बजेदेखि लागु भएको कर्फ्यू स्थिति सामान्या भएपछि बेलुका ८ बजे कर्फ्यु हटेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

सोमबार दिउँसो पनौतीमा टिपरको ठक्करबाट बाटो हिडिरहेका आमा छोरी मृत्यु भएपछि स्थानीयले प्रर्दशन गरेका थिए । सोमबार दिउँसोदेखि नै स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । मंगलबार बिहानैदेखि हजारौंको संख्यामा स्थानीयहरु सडकमा उत्रिएर टायर बाल्दै विरोध प्रदर्शन गरेपछि कर्फ्यु लागाएको थियो ।

प्रकाशित : २०७६, ४ चैत्र मंगलवार २०:५७