राजधानी गेष्टहाउसवाट ६ केजी चरेससहित अंसारी पक्राउ

  • 163
    Shares

४ चैत्र काठमाडौं । प्रहरीले काठमाडौंकाे कंलकीवाट लागुऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी बृत्त कालीमाटी र प्रहरी प्रभाग कंलकीकाे टाेलीले अवैध लागुऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी रूगंम कुवँरका अनुसार पक्राउ पर्नेमा दिलावरपुर दरभंगा विहारका अनवर अलप अंसारी रहेका छन् ।


डिएसपी कुवँरका अनुसार विशेष सुचनाकाे आधारमा राजधानी गेष्ट हाउसवाट ६ केजी १५० ग्राम लागु चरेससहित नियन्त्रणमा लिएकाे बताए ।

पक्राउ परेका अंसारीलाई कालीमाटी बृत्तमा राखिएको छ ।उनलाई भाेली जिल्ला अदालतवाट म्याद थप गरि लागुऔषध एन २०३३ अन्तर्गत मुद्दा चलाईने प्रहरी जनाएको छ ।

प्रकाशित : २०७६, ४ चैत्र मंगलवार २३:१५