लैनचौर बृत्तका डिएसपी राठाैर डिआइजी पाेखरेलबाट पुरस्कृत

५ चैत्र काठमाडौं ।महानगरीय प्रहरी बृत्त लैनचौरका प्रमुख डिएसपी सन्तोष सिंह राठाैर पुरस्कृत भएका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेवाट लैनचौर बृत्तका डिएसपी राठाैर एक समारोहका बिच पुरस्कृत भएका हुन् ।

डिआइजी पाेखरेलले शान्ति सुरक्षा कायम गर्न उत्कृष्ट कार्य गरेकाे ,अधिकृत जवान सामुहिक मेस निर्माण तथा सुधारका लागि चालेकाे अभियानका लागि नमुना मेस स्थापना गर्न सफल भएकाे र प्रहरी कर्मचारीलाई समेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्यसम्पादन गर्न तर्फ उत्प्रेरित हुने भन्दै अभिलेखमा जनिने गरि रू १५ सय नगद सहित डिएसपी राठाैरलाई सम्मानित गरिएकाे छ ।

महानगरीय प्रहरी बृत्त लैनचौरका प्रमुख सन्तोष सिंह राठाैरले आफ्नाे मातहतका स्थानमा शान्ति सुरक्षामा कुनै कमि नराखेकाे र कानुनी कार्यान्वयनमा कठाेर भएर समाजमा हुने अपराधिक गतिविधिहरूलाई नितेज पारेकाे बताए । उनले भने,” ठमेल लगायत स्थानमा हुने अपराधी गतिविधिलाई हामीले प्रत्येक्ष निगालेका छाै,रातीकालिन व्यवसाय सञ्चाल हुने स्थान हाेस या कुनै स्थानमा हुने अपराधीक गतिविधिमा सम्लङघन जाेकाेहिलाई पनि कानुनी कठघरामा ल्याउदा सवै खुशी छन्, जनताकाे मन जित्नु ठुलाे हाे हामी कानुन कार्यान्वयनमा कुनै कसर राख्दैनाे जनता पहिलो अदालत भनेकै प्रहरी हाे याे पुरस्कारले थप हाैसला प्रदान गरेकाे राठाैरकाे भनाई छ ।

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोल, समाजसेवी देवेन्द्र रिमाल, समाज नेपालका अध्यक्ष पशुपति गुरुङलगायतले समाजमा हुने अपराध नियन्त्रणमा सहकार्य व्यक्ति तथा सङ्घसंस्थालाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित : २०७६, ५ चैत्र बुधबार २२:५६