गृहकाे निर्देशन पश्चात् सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ता प्रणाली प्रशिक्षण तालिम स्थगन

काठमाडौँ —गृह मन्त्रालयअर्न्तगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले जमलको एल्लो प्यागोडा होटलमा ३ सय १९ जनालाई सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ता प्रणाली प्रशिक्षण तालिम स्थगन गरेकाे छ ।

इन्फरमेसन म्यानेजमेन्ट अपरेटर र स्थानीय तहका फिल्ड सहायकका लागि विभागले ४ गतेबाट सुरु गरेको प्रशिक्षण गृहमन्त्रालयकाे निर्देशन पछि आज  स्थगित गरिएको हाे ।

गृहमन्त्रालयका सह प्रबक्ता उमाकान्त अधिकारीकाले निर्णय नियम पालना गराउने निकाय गृह मन्त्रालयलेनै नियम उल्लंघन हुन नदिन कडा निर्देशन जारी गर्दे प्रशिक्षण तालिम स्थगन गर्ने निर्देशन जारी गरिसकेकाे बताए । अधिकारीले भने,”तालिम चल्दाचल्दै सरकारी निर्णय आएकाले के गर्ने भन्नेमा अन्यौल रहे पनि तालिम जारी राख्ने कि नराख्ने भन्नेबारे उहाहरूकाे छलफल चलेकाे थियाे २५ जना भन्दा वढि भेला हुन नपाउने निर्णय कार्यान्वयनमा तत्काल स्थगित गर्ने निर्देशन दिएका छाै ।

सरकारले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथामका लागि भन्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्दै गरेको निर्णय थियाे ।

प्रतिष्ठानका निर्देशक कृष्णचन्द्र ढकालले १ सय ६० जना स्थानिय तहका फिल्ड सहायकको तालिम आजै सकिने बताएका थिए ।

प्रकाशित : २०७६, ६ चैत्र बिहीबार १३:५२