बढी भाडा लिई यात्रुहरूलाई अलपत्र पार्ने २८ जना कालीमाटी प्रहरीकाे नियन्त्रणमा

  • 223
    Shares

७ चैत्र काठमाडौं । प्रहरीले यात्रुहरूलाई बढी भाडालिने २८ जनालाई पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी बृत्त कालीमाटी अन्तर्गत प्रभाग कंलकी बल्खुले बढी भाडालिने २८ जनालाई पक्राउ हाे ।

महानगरीय प्रहरी बृत्त कालीमाटीका प्रमुख डिएसपी रूगम बहादुर कुवँरले गाडी छैन भनेर गाडी लुकाउने,रिर्जभमा मात्र जाने भने,यात्रहरूलाई टिक नदिने यदि टिकट दिएमा कार्वन कपीमा कुनै पनि कुरा उल्लेख नगर्ने, ४५० काे भाडालाई १२ सय सम्म लिने,यात्रुकाे छुटै भाडा लकेज र सामानकाे छुटै भाडा लिने,यात्रुहरू संग यात्रुमैत्री व्यवहार नगर्ने ,वढि भाडा लिई यात्रुहरूलाई अलपत्र पार्ने,चालक,सहचालक र बिचाैलियाहरू गरि २८ जनालाई विभिन्न स्थानवाट पक्राउकाठमाडौं गरिएको बताए ।

यात्रुहरूकाे गुनासाेकाे आधारमा महानगरीय प्रहरी बृत्तकाे बिशेष अप्रेसन वाट गएकाे टाेलीले उनिहरूलाई नियन्त्रणमा लिएकाे छ ।
कालीमाटी बृत्तले भाेली शनिवार विदा परेकाेले नियन्त्रणमा लिएकाहरूलाई आईतवार अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिरहेकाे जनाएको छ ।

प्रकाशित : २०७६, ७ चैत्र शुक्रबार १९:०७