नक्कली लाईसेन्स प्रयोग गरी सवारी चलाउने ३ जना चालक पक्राउ

७ चैत्र काठमाडौं । प्रहरीले चेकजाँचकाे क्रममा नक्कली लाईसेन्स प्रयोग गरी सवारी चलाउने ३ जना चालक पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी वृत थानकोट र महानगरीय ट्राफिक प्रभाग थानकोटको संयुक्त चेकजाँचको क्रममा नक्कली लाईसेन्सधारी चालकलाई पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठका जिल्ला मकवानपुर सिस्नेरी ०२ घर भई हाल का.जि,चन्द्रागिरी न.पा. वडा नं.०२ नागढुंगा बस्ने बा ५ ख ६६७२ नम्बरको चन्द्रागिरी यातायातको बस चालक बर्ष २२ को मनिस स्याङताङ, टोखा नगरपालिका वडा नं. १५ घर बताउने सवारी चालक बर्ष २२ को अविनास खड्का,जिल्ला काभ्रे चौरी देउराली गा.पा. वडा नं.०५ बस्ने बर्ष २२को सुजन गौतमलाई पक्राउ गरेकाे बताए ।

डिएसपी श्रेष्ठका अनुसार स्याङताङले लाईसेनसकाे समूह ए,बि,एफ र जि रहेको लाईसेन्स साथमा राखेपनि निजको लाईसेन्समा बि मात्र साँचो देखिएपछी पक्राउ गरिएकाे र ट्रक चालक अविनास खड्काले ट्रक चलाईरहेको अवस्थामा फेला पारी निजको सवारी चालक अनुमति पत्र चेकजाँच गर्दा समूह ए,बि, र जि नक्कली फेला परेकाे थियाे भने,सवारी चालक सुजन गौतमकाे लाईसेन्स चेकजाँच गर्ने क्रममा निजको साथमा निज व्यक्तिकै नामको दुईवटा सवारी चालक अनुमति पत्र फेला परेको र तत्काल चेकजाँच गर्दा सही नदेखिएकोले उक्त लाईसेन्सहरू बरामद गरी निज सुजन गौतमलाई तत्कालै पक्राउ गरीएको छ ।

पक्राउ परेकाहरूले अन्य व्यक्तिहरूलाई समेत नक्कली लाईसेन्स बनाउने कार्य विगत लामो समय देखि गरिरहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको थानकोट प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको लिखत सम्वन्धि कसूर अन्तर्गत अनुसन्धान भईरहको छ ।

प्रकाशित : २०७६, ७ चैत्र शुक्रबार १९:४५