आर्मी हुँ सस्तो मुल्यमा सामान उपलब्ध गराईदिन्छु भन्दै लाखौँ ठगी गर्ने व्यक्ति काकडभिट्टाबाट पक्राउ

नक्कली सेनाकाे भेसमा ठगी धन्दा

झापा, चैत्र ०७ । नेपाली सेनामा कार्यरत हु भन्दै रकम ठगी गर्दै हिड्ने एक पक्राउ परेका छन् ।

जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ०८ बस्ने वर्ष ४६ को राज कुमार राउत इलाका प्रहरी कार्यालयले काँकरभिट्टाबाट पक्राउ गरेकाे हाे ।

इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी राजेन्द्र पाेखरेलले
म आर्मि हु, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेको सामानहरु विक्री गर्नु छ, म सामान सस्तोमा दिन्छु भन्दै पसलेहरुलाई प्रलोभनमा पारी रकम ठगी गर्दै हिड्ने सुचनाकाे अाधारमा पक्राउ गरिएको बताए ।

यसरी नक्कली आर्मी बनेर ठगी गर्थे राउतले

घटना क्रमः- मिति २०७६/१०/०२ गते जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. १२ चारआलीमा सुम्निमा पारुहाङ्ग किराना पसल संचालन गरी बस्ने डाक बहादुर राईलाई म आर्मि हो तपाईलाई चाहिने सामान सस्तो मुल्यमा उपलब्ध गराई दिन्छु, गाडी चारआली आर्मि ब्यारेकमा पठाई दिनु म गेट छेउमा हुन्छु भनि विश्चवास दिलाएको र निज डाक बहादुर राईले गाडि र पैसा रु, १,०२,०००।- ( एक लाख दुई हजार) पठाएकोमा निज हाल पक्राउ परेका ब्यक्ति प्रदिप कार्की भन्ने राजकुमार राउतले बाटोमानै गाडि चालक ख्याम कुमार अधिकारीलाई भेटि नगद लिई तपाई गाडि लिएर आर्मि ब्यारेक गेटमा आउनु भनी पैसा लिई गएको, चालक गाडि लिई गेटमा जाँदा निज ब्यक्ति नभएको, निजले दिएको नम्बरमा सम्पर्क गर्दा सम्पर्क समेत नभएको हुँदा निज मानिसलाई खोजतलाश गरी कानून बमोजिम कारवाही गरी पाउँ भनि निज डाक बहादुर राईले प्रहरी चौकी चारआली झापामा निवेदन दिएको तत्पश्चात निजलाई पक्राउ गर्न सबै प्रहरी कार्यालयमा हुलिया परिपत्र गरी खोजतलास गर्ने क्रममा १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले निजलाई मिति २०७६/१२/०६ गते काँकरभिट्टाबाट पक्राउ गरेको, निजको साथबाट नेपाली नगद रु,५४,०००।-, (चौवन्न हजार), सिम सहितको मोवाएल थान १ र सिमकार्ड थान १ समेत बरामद भएको छ ।

अनुसन्धानको क्रममा निजले आफ्नो नाम समेत ढाटि फरक फरक सिम कार्ड प्रयोग गरी ठगी गर्ने गरेको पाइएको, झापाको चन्द्रगढी, चारआली,धुलावारी,बिर्तामोड, मोरङ्गको उर्लावारी, बिराटनगर र सुनसरीको धरान, ईटहरी, गोर्खा, काभ्रे लगायतका दर्जनौ स्थानहरुमा किराना पसलहरुलई आर्मीको व्यारेकमा बचेको सामान सस्तोमा दिने भन्दै सयौ मानिसहरुलाई झुक्काई लाखौ रकम ठगी गरी लिएको खुल्न आएको हाे।

प्राय सबै ठाउहरुमा सेनाको गेट नजिक मानिस बोलाउने, पैसा लिने , तत्पश्चात अर्को गेटबाट ब्यारेकमा छिरी सामान निकाली दिन्छु भनि जाने र आफ्नो मोवाईल अफ गरी फरार हुने गरेकोमा निजले यस्तो कार्य बिगत चार महिना देखि शुरु गरी मानिसहरुलाई ठगी गरी पीडित बनाएको देखिएको छ । निज उपर सम्मानीत झापा जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप लिई ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट थप अनुसन्धान कार्य गरिरहेकाे छ ।

प्रकाशित : २०७६, ७ चैत्र शुक्रबार २०:२७