इरानबाट आएकाे १ जना महिलालाई कोरोनाको आशंकामा सशस्त्र प्रहरी अस्पतालमा भर्ना

  • 154
    Shares

८ चैत्र काठमाडौं । इरान भ्रमणबाट आएकी १ जना बेलायती महिलालाई कोरोनाको आशंकामा सशस्त्र प्रहरी अस्पतालमा बलम्वुमा भर्ना गरिएको  छ ।

घाटीमा र रुघाखोकीको लक्षण देखिएपछि सशस्त्र प्रहरीकाे आइसोलेसनमा राखेर उपचार भईरहेकाे हाे ।

सशस्त्र प्रहरीका प्रबक्ता प्रविन श्रेष्ठले ३९ वर्षकी एक बेलायती नागरिक इरान भ्रमण पछि नेपाल अाउदा खाेकीकाे समस्या देखिएपछि टेकु अस्पतालमा रिफर गरिएको त्यसपछि पाटन र पाटन हुँदै सशस्त्र प्रहरी अस्पतालकाे आइसोलेसनमा राखेर निगरानी गरिरहेकाे बताए । प्रबक्ता श्रेष्ठले सवै अस्पतालमा पुरूष मात्र भएकाले सजिलाे हाेस भनेर सशस्त्रमा रिफर गरिएको जानकारी दिए ।

घाँटी र नाकको र्‍यालको नमूना संकलन गरी कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको उनले जानकारी दिए ।

‘ लक्षण देखिएपछि शुक्रबार आइसोलेसनमा भर्ना गरेर परीक्षण शुरु गरिसकेका छौं, रिपोर्ट आउँछ,’ ‘रिपोर्टमा कोरोना पुष्टि नभए उनी घर फर्किन्छन् ।’

उनलाई उपचार गराउन पाटन अस्पतालवाट हिडेकाे एम्बुलेन्स कंलकी स्थित ढुङ्गेअड्डामा बस संग ठाेकिदा सामान्य बिवाद समेत भएकाे थियाे ।

सशस्त्र प्रहरी अस्पताल बलम्वुले विरामीका लागि ६ बटाआइसोलेसन वाड निर्माण गरेको छ ।

चीनसँगै दक्षिण कोरिया, इटली र इरान कोरोना भाइरसनको सबैभन्दा बढी जोखिममा परेका देश हुन् ।

प्रकाशित : २०७६, ८ चैत्र शनिबार १२:०६