कोरोनाविरूद्ध सेनाले हेलिकोप्टरवाट किटनाशक औषधि छर्किंदै भन्ने भ्रम फैलाईयो : नेपाली सेना

काठमाडौं, चैत ८ ‘कोरोनाविरूद्ध सेनाले हेलिकोप्टरवाट किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले स्पष्ट पारेको छ ।

आज विषेश शैन्य हेलिकोप्टरले देश भरि आकासमा  किटनाशक औषधि दवाव छर्किंदै’छन रातीको १२ वजेपछि हेलिकोप्ट आयो भने सम्झनुहोस घर वाहिर राखिएको लुगा झिक्नु होस, घर भित्र वस्नुस सरकारले कोभिड १९ को औषधी छर्किदै छ भने झुट्टा अफवाहा फैलाएको प्रति सेनाले खेद प्रकट गरेको बताएको छ ।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्। ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो।

यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आग्रह गरेको छ। केहि वेरमै नेपाली सेनाले भ्रामिक अफवाह फैलाइएको भन्दै विज्ञप्ती जारी गर्ने तयारी गरीरहेको छ ।

प्रकाशित : २०७६, ८ चैत्र शनिबार १७:४८