कोरोना भाईरसका विरूद्ध एक ढिक्का हुन थानकोट जेसिजकाे सचेतना अभियान

  • 71
    Shares

९ चैत काठमाडौं । बिश्व माहामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाईरस (केभिड १९ ) बारे स्थानीय स्तरमा थानकोट जेसिजले जनचेतनामुलक अभियान थालेको छ।

कोरोना भाईरसका विरूद्ध एक ढिक्का हुन थानकोट जेसिजकाे सचेतना अभियान स्थानिय स्तरमानै पुगेर सञ्चालन गरेकाे हाे ।

अभियान अन्र्तगत थानकोट जेसिजले शनिबार थानकोट स्थित सिफल सतुङ्गल चाेकमा जनचेतनामुलक व्यानरहरु झुन्ड्याएको थानकोट जेसिजका कार्यक्रम संयाेजक एलिना महर्जनले बताईन ।


थानकोट जेसिजले जनस्तरमा स्वास्थ्य संग सम्बन्धित कार्यक्रमहरू संञ्चालन गर्दै लाने भएकाे छ । हात धुन,सेनिट्राईजरले हात सफा गर्ने,मास्ककाे प्रयाेग गर्ने,लक्ष्ण देखिए स्वास्थ्य संस्थामा देखाउन अनुराेध समेत गरिएकाे अध्यक्ष मनाेज श्रेष्ठले जानकारी दिए ।

नेपालमा भने अहिलेसम्म कोरोनाको खासै प्रभाव देखिएको छैन्। हालसम्म नेपालमा एकजनामा यसको संक्रमण देखिएको थियो र ति संक्रमित निको भइसकेका छन्। नेपाल बाहिर बेलायतमा भने एक नेपालीकाे काेराेना भाईरसले ज्यान गईसकेकाे छ ।

प्रकाशित : २०७६, ८ चैत्र शनिबार २१:५२