पेट्रोलियम पदार्थ अभाव हुने गलत हल्लाको पछि नलाग्न आग्रह: अध्यक्ष पोख्रेल

  • 467
    Shares

९ चैत्र काठमाण्डौँ । अखिल नेपाल पेट्रोलियम मजदूर संघले पेट्रोलियम पदार्थ अभाव हुने गलत हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

कोरोना भाइरसका कारण सरकारले नाकाबन्द गर्ने र पेट्रोलियम पदार्थ अभाव हुने भन्दै उपभोक्ताहरुले अनावश्यक रुपमा पेट्रोलियम पदार्थ सञ्चित गर्न थालेपछि पेट्रोलियम मजदूर संघका केन्द्रिय अध्यक्ष शिव पोख्रेलले गलत हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

उनले देशै भरी आवश्यक पर्ने सबै पेट्रोलियम पदार्थ पर्याप्त रहेको बताए ।

अध्यक्ष पोख्रेलका अनुसार देशका सबै नाकाहरूवाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ आयत भइरहेका बेला गलत हल्लाको पछि नलाग्न उनले सबैलाई अनुरोध गरेका छन् ।

सरकारले अत्यावश्यक बाहेकका सेवा अन्य सेवा बन्द गर्न आग्रह गरेको भन्दै पेट्रोलियम पदार्थ अत्यावश्यक सेवामा पर्ने भएकाले उपभोक्तालाई गलत हल्लाको पछि नलाग्न अध्यक्ष पोख्रेलले आग्रह गरे । उनले घरमा पेट्रोलियम पदार्थ भण्डारण गर्दा आगलागीको जोखिम बढ्ने तर्फ पनि सजग हुन सुझाव दिएका छन् भने राष्ट्रलाइ संकट परेको वेला देशैभरका पेट्रोलियम क्षेत्रमा कार्यरत मजदूर हरूलाइ उच्च सतर्कता अपनाइ अहोरात्र खट्न समेत निर्देशन समेत दिएका छन।

प्रकाशित : २०७६, ९ चैत्र आईतवार १७:५१