टिपरले स्कुटलाई ठक्कर दिदा स्कुटर चालक अधिकारी गम्भीर घाइते

  • 10
    Shares

९ चैत्र काठमाडौं । ट्रिपरमा स्कुटर ठाेकिएर एक युवक गम्भीर घाईते भएका छन् ।

थानकोटबाट कंलकी तर्फ जाँदै गरेकाे बा४ ख नम्बरको टिपर साेही दिशा तर्फ गईरहेकाे बा ४३ प ९१४० स्कुट दुर्घटना हुदा स्कुटर चालक गम्भीर घाइते भएका हुन् ।

चेकपोस्ट दाउरा डिपाे प्रभु बैंक अगाडी उक्त दुर्घटना हुदा जिल्ला नुवाकोट रालुकाका २२ वर्षिय अमर अधिकारी ग्रभिर चाेट पुगेकाे छ । प्रहरी स्राेतका अनुसार घाईते अधिकारीकाे बायाँ खुट्टामा गम्भीर चाेट लागेकाे बताएको छ ।

टिपर चालक जिल्ला धादिङ थाक्रे गाउँ पालिका ३ का गाेविन्द घर्ती थानकोट प्रहरीकाे नियन्त्रणमा लिईसकेकाे प्रहरीले जनाएको छ । गम्भीर घाईते स्कुट चालककाे उपचार  ट्रमा सेन्टरमा  हुदैछ ।

प्रकाशित : २०७६, ९ चैत्र आईतवार २१:२४