नेपाल ‘लकडाउन’यात्रु आवागमन एक सातासम्म बन्द

  • 19
    Shares

१० चैत, काठमाडौं । नेपाल सरकारले  आजबाट नेपाल ‘लकडाउन’ गर्दै दुवै देशकाे सवै नाका बन्द गरेकाे छ।

भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म बन्द गरेकाे हाे ।

सिमाबर्ती क्षेत्रमा कुनै पनि ब्यक्ति आगमनमा सुरक्षाकर्मीहरूले राेक्ने छन् ।

देशभित्र लामो दुरीमा यात्रुवाहक सवारी सञ्चालन पनि आजबाट रोकिएकाे छ ।

सरकारकाे याे निर्णयले सामान आयात निर्यात भने कुनै अवरोध गर्ने छैन ।

भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो ।

यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भए पनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ ।