लुटपाटका लागि पालुङ  पुगेको प्रहरीको तिनजना टोली पक्राउ

हिरा चाेर्न पुगेका ती प्रहरी

  • 35
    Shares

१० चैत्र काठमाडौं ।लुटपाटका लागि काठमाडौंबाट मकवानपुर पुगेका तीन जना प्रहरी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त दरवार मार्गमा कार्यरत एक जना असई र २ जना जवान लुटपाट गर्न गएको समयमा पक्राउ परेका महानगरीय प्रहरी कार्यालय रानीपाेखरीका प्रमुख विश्वराज पाेखरेलले पुष्टि गरे ।

उनिहरूलाई मकवानपुरको पालुङबाट लुटपाट गर्न गएको समयमा पक्राउ गरिएको हाे ।

डीअाईजी पाेखरेलका अनुसार पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय सीअारभी दर्बन्दी रानीपोखरी भई दरवारमार्ग असई सुरेन बस्याल र जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान वीरबहादुर बस्नेत रहेका छन् ।

डिउटी सकिएर एक छिन बाहिर जानू छ भन्दै तीन जना हिरा लुटन गएकाे र लुटपाट गर्ने क्रममा प्रहरीले पक्राउ गरेकाे स्राेतकाे दावी छ ।

उनीहरुको साथबाट एक जना पत्रकार समेत पक्राउ परेका छन्। तर, पक्राउ परेका पत्रकारको पनि पहिचान खुलाइएको छैन ।

दरवार मार्गका बस्नेतलाई घुमुवा प्रहरीको टोली परिवर्तन गर्दा हटाइएको भएपनि उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन र वनमन्त्री शक्ति बहादुर बस्नेतका भजिता मुक्ति बस्नेतको सिफारिसमा पुनः सादा पोसाकमा खटाइएको श्राेत बताउछ ।

डिआइजी भन्छन्, ‘उनीहरु महाअपराधी हुन्, संगठनमा बस्ने अधिकार हुँदैन’

पक्राउ परेका तीन जना साेत निलम्बित भईसकेका छन् । रानीपाेखरीका प्रमुख डीआईजी पाेखरेल भन्छन,” प्रहरीकाे भेसमा डाँका गर्ने महाअपराभी हुन उनिहरूलाई हदै सम्मकाे कारबाही हामी गर्छाै जनताकाे सेवक दानव भए पछि महाअपराधीकाे रूपमा हामीले लिएका छाै उनिहरूलाई डाँका मुद्दा चलाईने बताए।”

प्रकाशित : २०७६, १० चैत्र सोमबार ११:०१