लकडाउन पछि उपत्यकाकाेे अवस्था तस्बिरमा

  • 52
    Shares

११ चैत्र काठमाडौं ।सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर आज बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेको छ।

देशमा लकडाउन गरेपछि राजधानी उपत्यका सुनसान भएकाे छ । लकडाउन गरेपछि मानिसहरू हिडडुल गर्न पाउदैनन घरमै बस्नु पर्ने हुन्छ ।

आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्। सरकारकाे निर्णय अनुसार लक डाउन एक सातासम्मका लागि गरिने उल्लेख छ ।

अाैषधी,खाद्यान्न लगायत अत्यावश्यकबाहेक पसल पनि बन्द छन्।

सरकारले निजी क्षेत्रका उद्योग, कलकारखानाका कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ।

लक डाउनमा सरकारबाट अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन बन्द गर्नुपर्छ। सरकारले आन्तरिक व्यवसायिक उडान समेत बन्द गरेको छ।

लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन । तर, लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ महिनासम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।

स्वास्थ्य सुरक्षा, खाद्यवुस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीमात्र सरकारी कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ।

आइतबार काठमाडौंमा एकजना युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। फ्रान्सबाट दोहा हुँदै काठमाडौं आइपुगेकी ती युवतीमा कोरोनाको संक्रमण देखिएको सोमबार सार्वजनिक भएको थियो।

तस्बिरहरू

प्रकाशित : २०७६, ११ चैत्र मंगलवार ०९:०४