कोरोनाको तेस्रो संक्रमित पाईएकाे अस्पतालकाे पुष्टि

  • 55
    Shares

१२ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित काे संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएपछि नयाँ संक्रमित भेटिएका हाे । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको बताईएकाे छ ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित : २०७६, १२ चैत्र बुधबार १२:४६